Logo

राजनीति

प्रधानमन्त्री हराउनुभयो, खोजी गर्नुपर्‍यो : एमाले


१८ फाल्गुन २०८०, शुक्रबार  

161
Shares

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री संसदमा हराएको भन्दै खोजी गर्न सभामुखलाई ध्यानाकर्षण गराएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले प्रधानमन्त्री हराएको भन्दै खोजी गर्न सभामुखलाई ध्यानाकर्षण गराएका हुन् ।

उनले बालकुमारी घटनालगायतका विषयमा सभामुखले फागुन ६ देखि प्रधानमन्त्रीलाई जवाफ दिन रुलिङ गरेपनि प्रधानमन्त्री अनुपस्थित नभएर छोरीको नगरपालिकातिर गएको आरोप लगाए । उनले विवादित मन्त्रीहरुले राजीनामा नदिएसम्म र प्रमले जवाफ नदिएसम्म संसद नचल्ने घोषणा गरे ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ११ : ४७ बजे