Logo

राजनीति

अस्कल क्याम्पस कुटपिट प्रकरण : गिरफ्तार नेताहरू तत्काल छाड्न क्रान्तिकारीको माग


१३ फाल्गुन २०८०, आइतबार  

92
Shares

काठमाडौँ । माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले नेता कर्म तामाङ लगायत नेताहरूलाई प्रहरीले पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

फागुन ११ गते अस्कल क्याम्पसमा छलफल भइरहेको बेला एमाले निकट अनेरास्ववियुका नेता कमल जोशीले गाली गलौज गरेपश्चात दुवै पक्षबिच सामान्य हातपात भएको विषयमा आफ्ना नेताहरूलाई गिराफ्तार गरेको क्रान्तिकारीले आरोप लगाएको छ ।

माघ २९ गते राती संगठनका २ जनालाई जोशी लगायतले करिव ४ घण्टा होस्टेलको खोठामा बन्धक बनाई कुटपिट गरेको घटनामा जाहेरी समेत क्रान्तिकारीले आरोप लगाएको छ ।

प्रहरी प्रशासनले आफ्ना संगठनका नेताहरु माथिको धरपकडलाई संगठनले गम्भीर रुपमा लिएको जनाएको छ । संगठनका नेताहरूमाथि धरपकट नगर्न र पक्राउ परेकालाई तत्काल रिहाइ गर्न माग गरेको छ । अनेरास्ववियुको आवरणमा गुण्डागर्दी नरोकिए थप प्रतिवाद गर्ने समेत क्रान्तिकारीले चेतावनी दिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १ : ४४ बजे