Logo

राजनीति

कांग्रेस हाम्रो भविष्य हो, उत्साहकासाथ गाउँ फर्किनुहोला : डा.शंशाक


१२ फाल्गुन २०८०, शनिबार  

92
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शंशाक कोइरालाले महासमितिको बैठकपछि सबै प्रतिनिधिहरु उत्साह र उमंगकासाथ गाउँ फर्कन आग्रह गरेका छन् ।

शनिबार काठमाडौंका डा.कोइरालाले महासमिति सदस्यहरुको सम्मानमा आयोजना गरेको चियापान कार्यक्रममा उनले अब देशको भविष्य कांग्रेससँग मात्र भएको जिकिर गर्दै सबैलाई घर फर्कदा उत्साह र उमंगसाथ फर्कन आग्रह गरे ।

उनले विपी कोइरालाले देश र जनताका लागि गरेको बलिदानलाई कांग्रेसले सदैव सम्झनुपर्ने बताए ।

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्री प्रकाशमान सिंह ,कृष्णप्रसाद सिटौलालगायत पार्टीका नेता, महासमिति सदस्य तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  १२ : ४५ बजे