Logo

राजनीति

कांग्रेस महासमिति बैठकमा गठबन्धनकै चर्चा, रुख चिन्हको चिन्ता


१० फाल्गुन २०८०, बिहिबार  

138
Shares

ललितपुर । नेपाली कांग्रेसको महसमिति बैठकको चौंथो दिन विहीबार विभिन्न पाँचवटा प्रतिवेदनहरुमाथि समूहगत रुपमा छलफल भइरहेको छ ।

अधिकांश नेता कार्यकर्ताहरुले जारी महासमिति बैठकले कांग्रेसप्रति जनताको आकर्षण बढ्ने गरि हुनुपर्ने धारणा राखेका छन् ।

प्रतिवेदनमाथिको छलफलमा बोल्दै भक्तपुरका पार्टी सभापति दुर्लभ थापाले महासमिति बैठक पूर्ण रुपमा गठबन्धन केन्द्रित भएको बताएका छन् ।

उनले गठबन्धन हुनु या नहुनुले के फरक पर्छ? भन्दै प्रश्न समेत गरेका छन् ।

आफू गठबन्धनकै प्रतिनिधि बनेर निर्वाचित भएको बताएका थापाले पाँच वर्षसम्म गठबन्धन कायम रहनुपर्ने बताएका हुन् ।

त्यस्तै, महासमिति सदस्य गोपाल विश्वकर्माले भने गठबन्धन नगर्ने विषय केन्द्रीय समितिबाट अनुमोदन गराउन आग्रह गरे ।

उनले पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीको घोषणा पत्र कार्यान्वयन गराउन ध्यानाकर्षण समेत गराए ।

महासमिति सदस्य भीमसेनदास प्रधानले तल्लो तहमा छलफल गरेर महासमिति बैठक गर्ने वातावरण आगामी बैठकहरूमा मिलाउन आग्रह गरे ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  २ : १५ बजे