Logo

राजनीति

कांग्रेस महासमिति बैठकमा प्रतिवेदनमाथि छलफल जारी


१० फाल्गुन २०८०, बिहिबार  

115
Shares

ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठक चौथौ दिन बिहीबार पनि जारी छ ।

बैठक अहिले उपसभापति पूणर्बहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको प्रतिवेदन उपर छलफल भइरहेको प्रचार प्रसार उपसमिति संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

बुधबार रातीसम्म महासमिति सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम नसकिएपछि आज पनि महासमिति सदस्यहरुले धारणा प्रस्तुत गर्ने चलिरहेको छ ।

महासमिति सदस्यहरुले बोलिसकेपश्चात् सातवटै प्रदेशका सभापतिहरुले आ-आफ्नो प्रदेशबाट उठाइएको सुझाव र धारणलाइ प्रतिवेदनसहित मुल हलमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

सोमबारबाट सुरु भएको महासमिति बैठक आजै सक्ने तयारी रहेको संयोजक विश्वकर्माले बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ११ : ३६ बजे