Logo

मुख्य समाचार

राष्ट्रपति पौडेलले गरे शालीनदीमा जल अभिषेक



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ शङखरापुर नगरपालिकास्थित शाली नदीमा पौष शुक्ल पूर्णिमा देखि जारीस्वस्थानी व्रत कथा अन्र्तगतको माधवनारायण मेलामा आइतबार बिहान सहभागी भएका छन् ।

आइतबार बिहान शाली नदीको मेलामा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवम पूजा अर्चना गर्नकासाथै शालीनदीमा जल अभिषेक गरे ।

साथै राष्ट्रपति पौडेलले बज्रयोगिनी मन्दिरमासमेत दर्शन एवम पूजा अर्चना गरे । बज्रयोगिनी मन्दिर पुग्नुहुँदा शङखरापुर ८ का वडाअध्यक्ष पोटे थिङ र ४ का वडाअध्यक्ष सुनाबहादुर तामाङलगायत स्थानीयवासीले स्वागत गरेका थिए ।

सो अवसरमा राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको बज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु आफ्ना लागि खुशीको विषय रहेको बताए ।

उनले ले भृकुटी र स्रङचङ गम्पोसँगको ऐतिहासिक महत्व जोडिएको बज्रयोगिनी र धार्मिक एवम ऐतिहाकिस महत्वको शाली नदी क्षेत्रको विकासको लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गरे ।

सो अवसरमा सांसद र नगरप्रमुख एवम उपप्रमुखलगायतका जनप्रतिनिधिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको क्षेत्र भएपनि बज्रयोगिनी मन्दिर भग्नावशेषको अवस्थाका रुपमा रहेको, शालीनदी क्षेत्रको विकास हुन नसकेको, पुननिर्माणका कामले गति लिन नसकेको र कतिपय विकासका काम अधुरै रहेको गुनासो गरे ।

उनले राष्ट्रप्रमुखको भ्रमणपछि पुननिर्माण र अन्य अधुरा विकासका कामले गति लिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १२ : १२ बजे