Logo

Breaking News 1

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यसूची



काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ ।

सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने छन् । त्यस्तै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बधी पत्र पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ६ : १३ बजे