Logo

धर्म / संस्कृति

आजको राशिफल



काठमाडाैं । २०८० माघ २९ गते सोमबार १२ फेब्रुअरी २०२४ । माघ शुक्लपक्ष तृतीया तिथि। पूर्वभाद्रपदा नक्षत्र। चन्द्रराशि कुम्भ, १३ः५६ बजेपछि मीन।

मेष
प्रयत्न गर्दा बिहानै व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। आम्दानी बढ्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ।

वृष
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। अवसर प्राप्त भए पनि आलस्य गर्ने बानीले समस्या निम्त्याउनेछ। परिवारमा असमझदारी बढ्न सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला।

मिथुन
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। कीर्तिमानी काम गर्ने समय छ।

कर्कट
स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढ्नाले दौडधुप गर्नुपर्ला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले जोश–जाँगर बढ्नेछ।

सिंह
पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। नयाँ व्यवसाय थालनी हुनेछ। मनोरञ्जनको समय छ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ।

कन्या
अरूको करकापमा गरिएको कामले समस्या निम्त्याउन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। व्यर्थैमा शत्रु बढ्न सक्छन्। स्वास्थ्य(चिन्ताले पनि सताउनेछ।

तुला
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।

वृश्चिक
फाइदाको पछि लाग्दा नाम बिग्रन सक्छ। तापनि, गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको साथ–सहयोग प्राप्त हुनेछ।

धनु
रचनात्मक काममा जुट्ने समय छ। गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ। तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सानोतिनो काममा सञ्चित रकम खर्चनुपर्ला। बेलामा होस नपुर्याउँदा बाध्यतामा परिनेछ।

मकर
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ।

कुम्भ
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्।

मीन
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। व्यवसायमा फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ६ : १० बजे