Logo

धर्म / संस्कृति

आजको राशिफल



काठमाडाैं । २०८० माघ २६ गते शुक्रबार ९ फेब्रुअरी २०२४। माघ कृष्णपक्ष चतुर्दशी तिथि, ७ः३४ बजेपछि औंसी। श्रवण नक्षत्र। चन्द्रराशि मकर।

मेष
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ।

वृष
थालेको काम परिस्थितिवश पूरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ।

मिथुन
स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्याप्रति गम्भीर नहुँदा दुस्ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ।

कर्कट
अतिथिको रूपमा सत्कार पाइएला। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ। काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ।

सिंह
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ।

कन्या
हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला। अध्ययनमा समय दिन नसकिएला।

तुला
नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ।

वृश्चिक
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ।

धनु
अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली(व्यवहारमा सजग रहनुपर्ला। अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला।

मकर
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। काममा सफलता प्राप्त हुनाले थप हौसला जाग्नेछ।

कुम्भ
समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला।

मीन
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ६ : १७ बजे