Logo

Breaking News 1

कांग्रेस नेता केशवकुमार बुढाथोकीको निधन



काठमाडौं । नेपाली कांग्रेस झापाका पुराना नेता केशव कुमार बुढाथोकीको सोमबार राति निधन भएको छ । पारिवारिक स्रोतका अनुसार नेता बुढाथोकीको विराटनगरस्थीत विराट मेडिकल कलेजमा उपचारकै क्रममा ८० वर्षको उमेरमा सोमवार राति ११ः३० बजे निधन भएको हाे ।

लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पिडित नेता बुढाथोकीको पछिल्लो समय मृगौलामा समस्या आएका कारण उपचार गराइरहेका थिए । सेतो बाघ उपनामले चर्चित झापा अर्जुनधारा नगरपालिका निवासी नेता बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए ।

नेता बुडाथोकी सामान्य प्रशासन मन्त्री, जलस्रोत साहयाक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति भईसकेका नेता बुडाथोकी जनतामाझ लोकप्रिय नेता रहेका थिए ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ७ : ५५ बजे