Logo

धर्म / संस्कृति

आजको राशिफल



काठमाडाैं । आज मिति २०८० माघ १५ गते, सोमबार २९ जनवरी २०२४ । माघ कृष्णपक्ष चतुर्थी तिथि । पूर्वफाल्गुनी नक्षत्र, १७ः२७ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि सिंह।

मेष
अध्ययनमा राम्रो प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।

वृष
आफन्त वा परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुनेछ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ।

मिथुन
अग्रजहरूको सहयोग जुट्नुका साथै पराक्रमी काम सम्पादन हुनेछ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा मनग्य फाइदा हुनेछ।

कर्कट
सानो गल्तीले वादविवादमा परिएला। आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा पनि दुस्ख पाइनेछ। काममा केही खर्च लागे पनि पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर जुट्नेछ।

सिंह
आगन्तुकहरूले अलमल्याउने हुँदा काममा बाधा पुग्न सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला।

कन्या
केही काम रोकिनाले रकम हातलागी नहुन सक्छ। उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ। समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

तुला
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।

वृश्चिक
पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत पनि प्राप्त हुनेछ। तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ।

धनु
काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ।

मकर
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सोचेको काम समयमा नबन्न सक्छ।

कुम्भ
चुनौतीपूर्ण काम गर्नु परे पनि केही लाभ हुनेछ। भौतिक साधन जुट्नुका साथै नयाँ काम थाल्ने समय छ। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला।

मीन
स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ६ : ०८ बजे