Logo

धर्म / संस्कृति

आजको राशिफल



२०८० माघ १३ गते शनिबार २७ जनवरी २०२४। माघ कृष्णपक्ष द्वितीया तिथि। अश्लेषा नक्षत्र, १२ः२१ बजेपछि मघा। चन्द्रराशि कर्कट, १२ः२१ बजेपछि सिंह।
मेष
काम सन्तोषजनक नभए पनि फाइदै हुनेछ। प्रयत्न गर्दा प्रतिष्ठित व्यक्तिहरूको साथ–सहयोग पाइनेछ। र, दिगो काम प्रारम्भ गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ।

वृष
आँटेको काम गर्न बिहानै जुट्नुहोला। अग्रजको सहयोग लिँदा राम्रो हुनेछ। तर विशेष योजना सार्वजनिक नगर्नुहोला। दिउँसोदेखि समय केही प्रतिकूल रहनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ।

मिथुन
बौद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ। प्रयत्न गर्दा रोकिएका काम सम्पादन हुनेछन्। आयस्रोत पनि बढ्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। दिउँसोदेखि आत्मविश्वासको कमीले पछि परिनेछ।

कर्कट
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। पहिलेको काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ। आयस्रोत बढ्नेछ। दिगो काम सुरु गर्ने समय छ। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ।

सिंह
खर्चिलो काममा हात हाल्नाले रकम जुटाउन कर्जा लिनुपर्ला। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। प्रयत्न गर्दा यात्राको साइत जुर्न सक्छ।

कन्या
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। केही आम्दानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला।

तुला
कामको अवसर प्राप्त भए पनि अरूको दबाबमा परिने सम्भावना छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। आफ्नैले काममा बाधा पुर्याउनेछन्। विवादमा अघि नसर्नुहोला।

वृश्चिक
श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन्। भौतिक साधन जुट्नाले आँटेको काम गर्न सकिनेछ।

धनु
स्वास्थ्य कमजोर हुनेछ। अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। फाइदा लिन उही काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। दिउँसोदेखि सम्भावना खोजी गर्ने समय छ।

मकर
रमाइलो भेट भए पनि व्यावहारिक काम गर्ने समय छ। प्रियजनका लागि केही समय छुट्याउनुपर्ने हुन सक्छ। प्रयत्न गर्दा अड्किएको काम बन्नेछ। पेसा–व्यवसायमा आंशिक लाभ हुनेछ। दिउँसोदेखि काममा दौडधुप गर्नुपर्ने हुन सक्छ।

कुम्भ
रकम खर्च भए पनि काम अड्किन सक्छ। किनमेल गर्दा अनावश्यक सामानमा बढी खर्च हुनेछ। यात्राले थकित भइएला। बिहान जटिल काममा जुट्नुपरे पनि दिन उत्साहवर्द्धक रहनेछ। व्यापार बढ्नेछ भने यात्राको साइत पनि जुर्न सक्छ।

मीन
बिहानको समय उपलब्धिमूलक रहनेछ। व्यवसायले आम्दानी बढाउनेछ। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा मनग्य लाभ हुनेछ। मिहिनेतले नाम र दाम दिलाउनेछ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ६ : ०७ बजे