Logo

Breaking News 1

पश्चिमी वायुको आंशिक प्रभाव : यस्ताे रहन्छ आज माैसम



काठमाडाैं । पश्चिमी वायुको आंशिक प्रभावले आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । तराईका अधिकांश स्थानमा हुस्स र कुहिरो लागेको छ ।

विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागले राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया मौसम बदली रहने जनाएको छ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ६ : २४ बजे