नापी कार्यालय लतितपुरका नापी सर्भेक्षक रामविर यादवसमेतले जग्गा कित्ताकाँट गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको्, भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई सेवाग्राहीबाट रु।२,५०,०००।–( दुई लाख पचास हजार रुपैयाँ) घुसररिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित ललितपुर नापी कार्यालय, परिसरवाट आज मिति २०८०।१०।०९ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
१० माघ २०८०, बुधबार
0
Shares
प्रतिक्रिया