काठमाडौं । प्रदेश लोक सेवा आयोग वाग्मती प्रदेशले एकै पटक ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।
वाग्मती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फका पाँचौं तहका लागि आवेदन माग गरिएको हो ।
प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि आवेदन माग गरिएको हो ।
बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको विज्ञापन प्रकाशन गरिएको आयोगको भनाई छ । दरखास्त बुझाउने अन्तिम मिति माघ २८ गते रहेको छ ।









प्रतिक्रिया