Logo

समाचार

नेशनल डिजाइनर रनवेको प्रथम अडिसन सकियो



काठमाडौं । मोडल सङ्स नेपालले आयोजना गर्दै आएको फेसन डिजाइनर र मोडलहरुको वृहत प्रतियोगितात्मक कार्यक्रम ‘द नेशनल डिजाइनर रनवे २०२४’को प्रथम अडिसन काठमाडौंमा सम्पन्न भएको छ ।

चौथो संस्करणको प्रतियोगिताको प्रथम अडिसन काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरको टेस्ट टाउन फूड कोर्टमा शनिवार भएको हो ।

अडिसनमा सञ्चारकर्मी सरोज ओझा, पूर्वमोडल एवम् महिला उद्यमी रुवी महतो, डिजाइनर रनवे दोस्रो संस्करणका विजेता विप्लवराज नागर नहर र उपविजेता सरला डङ्गोल निर्णायक थिए । प्रथम अडिसनमा २५ जना डिजाइनर र ६० जना मोडलहरु सहभागी थिए ।

सहभागी डिजाइनरहरुले डिजाइन शो र मोडलहरुले ¥याम्प वाकसहित अडिसन दिएका थिए । निर्णायक सरोज ओझाका अनुसार अडिसनमा व्युटी प्याजेन्ट विजेता मोडल र दिग्गज फेसन डिजाइनहरु सहभागी थिए ।

मोडल सङ्स नेपालकी प्रबन्ध निर्देशक स्वस्ती दंगालले चौथो संस्करणको द नेशनल डिजाइनर रनवेको फिनाले आगामी फेब्रुअरी २८ मा सुकुटे बिचमा गरिने बताइन् ।

उनले प्रतियोगितामा फेशन डिजाइनरहरुले तयार पारेको पहिरनमा मोडलहरु ¥याम्पमा उत्रिएर प्रस्तुत हुने जानकारी दिइन् । ‘डिजाइन र ¥याम्प वाकका आधारमा विजेता घोषणा गरिनेछ’, उनले भनिन् ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १२ : ०३ बजे