Logo

Breaking News 1

प्रधानमन्त्री दाहाल स्वदेश फर्किँदै



काठमाडौं । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन युगाण्डाको राजधानी कम्पाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार विहान नेपाल फर्किदैछन् ।

सम्मेलनमा भाग लिएर सम्बोधन र विभिन्न भेटघाट पश्चात् प्रधानमन्त्री दाहाल शनिबार राति नै त्यहाँबाट नेपाल प्रस्थान गरेका छन् ।

आइतबार राति विहान २ः४५ बजे कतारको दोहा अवतरण भएका प्रधानमन्त्री दाहाल विहान ९ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण हुँदैछन् ।

प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.रुपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल लगायत छन् ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ८ : ४९ बजे