Logo

धर्म / संस्कृति

आजको राशिफल



काठमाडाैं । २०८० माघ १ गते सोमबार १५ जनवरी २०२४। पौष शुक्लपक्ष चतुर्थी तिथि, ९ः४५ बजेपछि पञ्चमी। शतभिषा नक्षत्र, १३ः०१ बजेपछि पूर्वभाद्रपदा। चन्द्रराशि कुम्भ।

मेष
आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ।

वृष
पहिलेदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ।

मिथुन
मेहनत गर्दा मनग्य फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। तर काममा व्यवधान समेत उत्तिकै देखापर्नेछन्। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला।

कर्कट
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। पहिलेका समस्या दोहोरिन सक्छन्। चिताएको काममा बाधा पुग्नेछ भने दौडधुपमै समय बित्नेछ। परिस्थितिले अलि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ।

सिंह
परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथीसँग भेट हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। पेसा–व्यवसायमा मनग्य आम्दानी हुनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुने समय छ।

कन्या
भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

तुला
अवसर जुटे पनि अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। असफलताको समाचारले निराश तुल्याउन सक्छ। अध्ययनमा धेरै समय जुट्न नसकिएला। पेसा–व्यवसायमा सोचेको फाइदा नउठ्न सक्छ।

वृश्चिक
बेसुरमा दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ। ढिलासुस्तीले पनि काम बिग्रन सक्छ। असंयम व्यवहारले साथीभाइ टाढिन सक्छन्। अरूको साथ दिँदा उनीहरूकै फाइदाका लागि उपयोग भइनेछ।

धनु
आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।

मकर
शुभचिन्तकहरूको साथ जुट्नाले काममा उत्साह जाग्नेछ। अध्ययनमा प्रगति हुनेछ, लेखनमा निखारता आउनेछ। बोलीको भरमा काम बन्नेछ।

कुम्भ
सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ।

मीन
बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ५ : ५० बजे