Logo

Breaking News 1

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै



काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको बैठक आज पनि बस्न लागेकाे हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा नेताहरूले बोल्ने क्रम जारी छ । आज पनि नेताहरूले सरकारको कामकारबाहीबारे आफ्नो धारणा राख्नेछन् । हिजोको बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले आफूले गरेका कामको ब्रिफिङ गर्ने कार्यसूची थियो ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : ३० बजे