Logo

धर्म / संस्कृति

आजको राशिफल



काठमाडाैं । २०८० पुस १३ गते, शुक्रबार, २९ डिसेम्बर २०२३। पौष कृष्णपक्ष तृतीया तिथि। तिष्य नक्षत्र। चन्द्रराशि कर्कट।
उपप्रा।
मेष
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। समयमा जुट्न नसक्दा पछि परिनेछ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। सानो असमझदारीले आफन्त टाढिन सक्छन्।

वृष
अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

मिथुन
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान(सम्मान प्राप्त हुनेछ।

कर्कट
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ।

सिंह
आम्दानीका स्रोत कमजोर हुने समय छ। पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। साँवा उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ।

कन्या
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।

तुला
पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत पनि प्राप्त हुनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

वृश्चिक
दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ।

धनु
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मकर
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। अवसरले काममा उत्साह जगाउनेछ। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। रमाइलो यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ।

कुम्भ
पुराना समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ।

मीन
अध्ययनमा राम्रो प्रगति हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : ०४ बजे