Logo

Breaking News 1

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय बालकुमारीमा बस्नेछ । पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्यको उमेदवार चयन गर्न बैठक बस्न लागेको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ ।

बैठकमा आगामी पुस २५ गतेदेखि काठमाडौंमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी बाँडफाँटलगायत विषयमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ८ : १७ बजे