Logo

Breaking News 1

आजकाे माैसम : आंशिक बदलीदेखि सफा रहने



काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश भू–भागमा मौसम आंशिक बदलीदेखि सफा रहनेछ ।

आज बिहान कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो कोसी, वाग्मती, र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने राति कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ६ : २६ बजे