Logo

कर्पोरेट

सरकारप्रति निराशा बढ्दा वैदेशिक रोजगारमा जाने प्रवृत्ति बढ्योः उपाध्यक्ष बडाल



काठमाडौं । नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष रमेश बडालले सरकारप्रतिको आशा निराशामा परिणत हुँदा वैदेशिक रोजगारमा जानेहरु बढेको बताएका छन् ।

आइतबार काठमाडौंमा महासंघद्वारा आयोजित पत्रकबार सम्मेलनमा बोल्दै उनले तथ्यांक हेर्दा जुन सालमा सरकारप्रति आशा जागेको हुन्छ, त्यो बेला वैदेशिक रोजगारमा जाने प्रवृत्ति घटेको देखिएको र सरकारप्रतिको आशा निराशामा परिणत भएका बेला बेला बढ्ने गरेको बताए ।

उनले अहिले ७७ मुलुकका २० हजारभन्दा बढी श्रमिकहहरु श्रम स्वीकृति लिएर नेपालमा कार्यरत रहेका भन्दै नेपाल आयात गर्ने मुलुकमात्र नभएर श्रम निर्यातक पनि हुँदै गएको बताए । यसो हुँदा युवाशक्ति बाहिरिने क्रममा बाहिरका श्रमिकहरुले त्यो ठाउँपूर्ति गर्ने स्थिति सिर्जना भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ४ : १२ बजे