काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
साथै, बैठकले आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।
बैंकले गत वर्ष भने १२.७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
प्रतिक्रिया