Logo

Breaking News 1

पश्चिमी वायुको आंशिक प्रभाव : तराईमा बाक्लो हुस्सु/कुहिरो


२९ मंसिर २०८०, शुक्रबार  

23
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको तथा तराईका केही भू–भागमा हुस्सुरकुहिरो लागेको साथै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

तराईका भू–भागहरूमा लागेको हुस्सुरकुहिरो पश्चिम तराईमा मध्याह्नसम्म क्रमिक रुपमा सुधार हुँदै जानेछ । मध्य र पूर्वी तराईमा अपराह्नसम्म क्रमिक रुपमा सुधार हुँदै सम्भावना रहेको विभागले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा राति आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले चिसोबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ६ : २७ बजे