Logo

अर्थ

सुनको भाउ १८ सय रुपैयाँ बढयो



काठमाडौं। सुनको मुल्य एकै दिन १८ सय रूपैयाँ बढेको छ । 

आज सुनको मूल्य १८ सयले बढेर प्रतितोला एक लाख २० हजार पुगेको हाे ।

यसअघि प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँ थियो । गत शुक्रवार प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बढेर एक लाख २० हजार २ सय रुपैयाँ कायम गरिएको सुनचाँदी ब्यावसायी संघले जनाएको छ ।

आज चाँदी तोलामा हालसम्मकै उच्च एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ११ : ४२ बजे