Logo

Breaking News 1

भारत र अष्ट्रेलियाबीचको पाँचौँ तथा अन्तिम टी–२० खेल आज



काठमाण्डौं। भारत र अष्ट्रेलियाबीचको पाँचौँ तथा अन्तिम टी–२० खेल आज हुँदैछ । यो खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे बैंग्लोरमा शुरु हुनेछ । घरेलु टोली भारतले पाँच खेलको टी–२० शृङ्खला एक खेल अगावै जितिसकेको छ । अस्ति भएको चौथो खेलमा भारतले अष्ट्रेलियालाई २० रनले हराउँदै शृङ्खला आफ्नो पक्षमा पारेको हो ।

भारत शृङ्खलामा ३–१ ले अघि छ । भारतसँग पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हारेको अष्ट्रेलिया तेस्रो खेलमा भने ५ विकेटले विजयी भएको थियो । यसअघि भएको एकदिवसीय विश्वकपको उपाधि अष्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै जितेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ११ : ०३ बजे