Logo

खेलकुद

युरोकप २०२४ को ड्र, कुन देश कुन समूहमा परे ?



काठमाडौं । युरोकप २०२४ मा हुने युरो कपको समुहको ड्र गरिएको छ । युरोकप २०२४ को जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुँदै छ । गएराति गरिएको ड्रमा स्पेन, इटाली र क्रोसिया एकै समूहमा परेका छन् । समुह बि लाई यस युरोको ग्रुप अफ डेथ भनिएको छ ।

त्यस्तै फ्रान्स र नेदरल्याण्डस पनि एकै समुह डी मा परेका छन् । युरोपका २४ देशले भाग लिने युरोकपमा अझै ३ देश प्लेअफबाट छानिन बाँकी रहेको छ ।  अब तीन स्थानका लागि प्लेअफमा पोल्याण्ड, वेल्स, इजरायल, बोसनिया हर्जगोभिना, फिनल्याण्ड, युक्रेन, आइसल्याण्ड, गार्जिया, ग्रीस, काजकिस्तान, लक्जेम्बर्ग र इस्टोनिया खेल्ने छन् ।

प्लेअफमा युइएफए नेसन्स लिगको प्रदर्शनका आधारमा तय गरिएको वरियता अनुसार खेल्ने अवसर दिइएको युइएफएले जनाएको छ । प्लेअफका खेल आगामी मार्चमा हुने छन् ।

समूह ‘ए’

जर्मनी. स्कटल्याण्ड, हंगेरी र स्वीजरल्याण्ड 

समूह ‘बि’ 

स्पेन, इटाली, क्रोसिया र अल्बानिया

समूह ‘सी’

स्लोभेनिया, डेनमार्क, सर्बिया र ईङल्याण्ड

समूह ‘डी’

फ्रान्स, अस्ट्रिया, नेदरल्याण्डस र प्लेअफ ए विजेता (पोल्याण्ड, वेल्स, फिनल्याण्ड र इस्टोनिया)

समूह ‘ई’

बेल्जियम, स्लोभाकिया, रोमानिया र प्लेअफ बी विजेता (इजरायल, बोसनिया, युक्रेन र आइसल्याण्ड)

समूह ‘एफ’

पोर्चुगल, टर्की, चेक रिपब्लिक र प्लेस सी विजेता (ग्रीस, जर्जिया, काजकिस्तान र लक्जेम्बर्ग)

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ९ : ५० बजे