Logo

विश्व

इराकको भूमिमा आक्रामण नगर्न बग्दादको चेतावनी



बग्दाद । आफनो भू–भागमा आक्रमण नगर्न इराकले अमेरिकालाई चेतावनी दिएको छ । इराकका प्रधानमन्त्रीले इजरायल र हमासबीचको द्वन्द्वपछि इराकी भूमिमा कुनै पनि आक्रमण नगर्न वाशिङ्टनलाई चेतावनी दिएका हुन् ।

यो चेतावनी इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीले संयुक्त राज्य अमेरिकाका विदेश सचिव एन्टोनी ब्लिन्केनसँगको फोन वार्ताको क्रममा सुडानीको कार्यालयले जनाएको छ ।

सुडानीले आफ्नो सरकार इराकमा उपस्थित अन्तर्राष्ट्रिय गठबन्धन सल्लाहकारहरूको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि बताए ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ८ : ४४ बजे