Logo

समाचार

धुलिखेलमा आगालागी



धुलिखेल । धुलिखेलमा एकाबिहानै आगलागी भएको छ । धुलिखेल नगरपालिका–११ बाँनियाछाप बस्ने बलराम धिमालको घरमा बिहान चार बजे आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उक्त आगलागीमा परी आगलागीबाट ढुंगाको ३ तल्ले घर र एउटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ।

धुलिखेल नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिईएको छ । आगलागी कसरी सुरु भयो रु भन्ने बारेमा छानबिन भईरहेको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ९ : १० बजे