Logo

खेलकुद

केनको गोलमा बायर्न म्युनिख विजयी



काठमाडौं । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले क्लोन क्लबलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा बायर्न म्युनिखले क्लोनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बायर्न म्युनिखको जितमा खेलको २०औं मिनेटमा ह्यारी केनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । ह्यारी केनको यस सिजनको लिगमा यो १८औं गोल हो । यो जितपछि बायर्न म्युनिख लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

बायर्नको १२ खेलमा ३२ अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको लेभरकुसेनको ३१ अंक रहेको छ । त्यसैगरी क्लोन भने १२ खेलमा ६ अंकसहित पुछारमा रहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ८ : ५५ बजे