Logo

Breaking News 1

‘केपी ओली कप’को उद्घाटन, ओलीले गरे बलिङ र ब्याटिङ



काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा हुने ‘केपी ओली कप राष्ट्रिय ट्वान्टी–२०’ प्रतियोगिताको उद्घाटन गरेका छन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष ओलीले बलिङ र ब्याटिङ गरे ।

प्रतियोगिताको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । म्यान अफ द सिरिजले ३० हजार, बेस्ट ब्याटार र बलरले जनही २० हजार र म्यान अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

खेल सम्पन्न गर्नको लागि करिब ७७ लाख खर्च लाग्ने अनुमान गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  २ : २९ बजे