Logo

कर्पोरेट

नबिल बैंकद्वारा ११ प्रतिशत लाभांश घोषणा



काठमाडौं। नबिल बैंकले ११ प्रतिशत लाभांश घोषणा गरेको छ ।

सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९/८० को नाफाबाट ११ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव विश्वप्रकाश पौडेलले जनाएका छन् ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  १२ : ४९ बजे