Logo

कर्पोरेट

माछापुच्छ्रे बैंकको अध्यक्षबाट उपेन्द्र महतोले दिए राजीनामा, नयाँ अध्यक्षमा केसी नियुक्त



काठमाडौं। माछापुच्छ्रे बैंकको अध्यक्ष पदबाट डा. उपेन्द्र महतोले राजीनामा दिएका छन् ।

मंसिर ७ गते उनले सञ्चालक समितिसमक्ष राजीनामा दिएका हुन् । उनी गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापकसमेत हुन् ।

उनको राजीनामा समितिले स्वीकृत गरेको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।

साथै बैंकले हालका सञ्चालक समिति सदस्य रोशन केसीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको जनाएको छ । केसी पोखरा महानगरपालिका-७ का स्थायी बासिन्दा हुन् ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ११ : ३८ बजे