Logo

खेलकुद

जर्मनीको लगातार दोस्रो हार



काठमाडौं । जर्मनी मैत्रीपूर्ण खेलमा अस्ट्रियासँग पराजित भएको छ । मंगलबार राति सम्पन्न खेलमा अस्ट्रियाले जर्मनीलाई २-० गोल अन्तरले पराजित गरेको हो । अस्ट्रियाको जितमा मार्सल साबिटजर र क्रिस्टोफ बाउमगार्टनरले एक एक गोल गरेका थिए ।

यस खेलमा खेलको ४९औं मिनेटमा जर्मनीका लिरोय सानेले रातो कार्ड पाएपछि जर्मनी १० खेलाडीमा सिमित भएको थियो । मैत्रीपूर्ण खेलमा जर्मनीको यो लगातार दोस्रो हार हो । यसअघि जर्मनी टर्कीसँग ३-२ गोल अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १० : ४२ बजे