Logo

Breaking News 1

विश्वकप छनोट फुटबल : यूएईसँग फराकिलो अन्तरले हार्‍यो नेपाल, अब पाँच खेलको भर



काठमाडौँ । सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगितामा बिहीबार नेपाली टोली आफ्नो पहिलो खेलमा पराजित भएको छ । समूह ‘एच’ अन्तर्गतको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले घरेलु मैदानमा नेपाललाई ४-० गोलको फराकिलो अन्तरले हराएको हो ।

नेपाली टोली खेलको पहिलो हाफमै ४-० गोलले पछाडि परेको थियो । खेल सुरु भएको ११औँ मिनेटमै घरेलु टोली यूएईले गोल गरेको थियो । यूएईका लागि खलिफा अल हमादीले गोल गरेका थिए । यूएईले खेलको पहिलो हाफमै दोस्रो गोल पनि गरेको थियो ।

यूएईका लागि दोस्रो गोल निर्धारित समयको ३७औँ मिनेटमा अली मबखोउतले पेनाल्टीमार्फत गरेका थिए । यूएईका लागि तेस्रो गोल पनि निर्धारित समयको ४४औँ मिनेटमा अली मबखोउतले नै गरेका थिए । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा यूएईका लागि फाबियो लिमाले चौथो गोल थपेका थिए ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ६ : ०५ बजे