Logo

Breaking News 1

भक्तपुरमा म्हः पूजासँंगै खेलियो देउसीभैलो


२५ कार्तिक २०८०, शनिबार  

92
Shares

भक्तपुर। भक्तपुरमा शुक्रबार म्हः पूजा गर्नुका साथै देउसीभैलो पनि खेलाइएको छ ।

जिल्लास्थित एभरेस्ट स्कुल मिवाछें व्यासीका विद्यार्थीले पूजा गर्नुका साथै देउसीभैलो खेलेका थिए । 

स्कुलमा कक्षा ३ का विद्यार्थीको आयोजनामा म्हःपूजा गरिएको थियो । त्यस अनुसार विद्यार्थीहरुले लहरै बसेर पूजा गरेका थिए ।

बालबालिकाहरुलाई स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमला राजभण्डारीलगायत शिक्षकशिक्षिकाहरुले सहयोग गरेका थिए ।

पूजाका अवसरमा विद्यार्थीले परम्परा अनुसार नै मण्डला बनाउने, मण्डलामा फलफूल राख्ने, टिका लगाउनेलगायतका कार्यहरु गरेका थिए । 
विद्यार्थीलाई म्हः पूजाकोबारेमा जानकारी दिने उद्देश्यका साथ कार्यक्रम गरेको स्कुलका संस्थापक प्रिन्सिपल राजभण्डारीले बताए ।

उनले म्हः पूजा मात्रै नगरी नेपालमा मनाइने ठूल्ठूला चाँड विद्यार्थीलाई आफै गर्न लगाइ सिकाउने जनाए ।

उता सोही स्कुलका कक्षा ४ का विद्यार्थीले भने देउसीभैलोको आयोजना गरेका थिए । कार्यक्रममा स्कुलका विद्यार्थी सहभागी थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ७ : ५४ बजे