काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आममाफीको विषयलाई लिएर सर्वोच्च अदालतले गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । महामन्त्री थापाले मुद्दाको अन्तिम किनारा, पीडितको हकलगायतका विषयमा अदालतले फेरि बोलेको भन्दै स्वागत गरेका हुन् ।
सर्वोच्चले योगराज ढकाललाई कैद सजाय मिनाहा दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै ढकालालई पक्राउ गरेर थुनामा राख्न परमादेश दिएको थियो । सर्वोच्च अदालतको फैसलालगत्तै ढकाल पक्राउ परेका छन् ।
महामन्त्री थापाले आम माफीसँग सम्बन्धित सम्पूर्ण कानुनलाई एकीकृत गरेर व्याख्या गर्नुपर्ने र कानुनी छिद्रहरू टाल्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया