Logo

Breaking News 1

अस्ट्रेलियाले एस्कलाई तिरायो ५ करोड १५ लाख रुपैयाँ जरिवाना



सिड्नी। बालबालिकामाथि दूर्व्यवहारसम्बन्धी मामिलामा भएको एउटा छानबिनमा सहयोग नगरेको भन्दै अस्ट्रेलियाको नियामकले अमेरिकी सामाजिक सञ्जाल एक्सलाई झन्डै ४ अर्ब डलर जरिवाना तिराएको छ । एक्ससँग विज्ञापनदाताहरू तर्किरहेकै बेलामा अस्ट्रेलियाको यो निर्णयले कम्पनीलाई अर्को धक्का दिएको छ ।

एक्समा बाल दूर्व्यवहारजन्य सामाग्रीको पहिचान गर्न कम्पनीले कुन विधिको प्रयोग गर्ने गरेको छ र त्यस्ता सामाग्रीमा आवश्यक प्रतिक्रिया जनाउन कम्पनीलाई कति समय लाग्छ भन्ने समेतका प्रश्नहरूको उत्तर एक्सले दिएको थिएन । यस मामिलामा कम्पनीलाई ३ लाख ८६ हजार अमेरिकी डलर अर्थात् ५ करोड १५ लाख ४२ हजार रुपैयाँ जरिवाना तिर्न आदेश दिइएको छ ।

मस्कले कम्पनी किन्नका लागि खर्च गरेको रकमको तुलनामा जरिवानाको आकार न्यून भएपनि जरिवानाको खबरले एक्सको प्रतिष्ठामा धक्का दिएको छ । मस्कले सन् २०२२ को अक्टोबरमा माइक्रोब्लगिङ वेबसाइट किने यता नै विज्ञापन दाताहरूले एक्सलाई विज्ञापन दिन कम गरेका थिए । इजरायलमा प्यालेस्टाइनी सशस्त्र समूह हमासको आक्रमण सम्बन्धीबारे गलत सूचना प्रवाह रोक्न नसकेको आरोप एक्समाथि लागेको छ ।

यस मामिलामा प्रविधि सम्बन्धी कानुन उल्लङ्घन गरेको हुन सक्ने भन्दै हालै मात्र आशङ्कामा युरोपेली संघ (ईयू)ले एक्सलाई छानबिनको दायरामा ल्याएको छ । मस्क्ले ट्विटर किन्ने बित्तिकै कम्पनीले अस्ट्रेलियाको कार्यालय बन्द गरेको थियो । अस्ट्रेलियामा सन् २०२१ मा लागू भएको एउटा कानुन अन्तर्गत नियामकहरूले इन्टरनेट कम्पनीहरूलाई अनलाइन सुरक्षा अभ्यासबारे सूचना उपलब्ध गराउन होइन भने जरिवाना तिर्न बाध्य बनाउन सक्छ । एक्सले जरिवाना तिर्न मानेन भने नियामकहरूले कम्पनीमाथि मुद्दै हाल्न सक्नेछन् ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ११ : ३४ बजे