Logo

Breaking News 1

बिहारमा लिकबाट बाहिर पुग्यो रेलः ४ को मृत्यु, ८० जना घाइते


२५ आश्विन २०८०, बिहिबार  

92
Shares

पटना। बिहारको बक्सर नजिक नर्थ ईस्ट एक्सप्रेस पटरीबाट खसेको छ ।

टुरीगञ्ज र रघुनाथपुर बिच यो दुर्घटना भएको हो । रेलका २१ वटा डिब्बा पटरीबाट खसेका हुन् । 

दुर्घटनास्थलमा विहानैसम्म राहत तथा उद्धार कार्य जारी रहेको थियो । दुर्घटनामा कुल चार जनाको मृत्यु भएको छ भने करिब ८० जना घाइते भएका छन् । 

तीमध्ये केहीलाई रघुनाथपुर प्राथमिक स्वास्थ्य केन्द्र, केहीलाई आराह र बक्सर तथा केहीलाई एम्स पटना र आईजीआईएमएस पटनामा भर्ना गरिएको छ। रेल अधिकारीहरू घटनास्थलमा उपस्थित छन्। 

यो ट्रेन दिल्लीबाट कामाख्या जाँदै थियो।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ८ : २४ बजे