Logo

मुख्य समाचार

सट डाउनको विषयमा विवादले अमेरिकी सभामुख पदमुक्त



वासिंग्टन डिसी । अमेरिकाको प्रतिनिधिसभाको सभामुख पदमुक्त भएका छन् । अमेरिकी संसदमा ‘सट डाउन’ को बहस चलिरहेको बेला सभामुख केभिन म्याकर्थी पदमुक्त भएका हुन् । 

मंगलबार भएको ऐतिहासिक मतदानमार्फत उनलाई शीर्ष नेतृत्वको पदबाट हटाए पछि अब उनी फेरि सभामुखको लागि उम्मेदवार हुन पाउने छैनन । 

उनलाई पदमुक्त गराउनका लागि डेमोक्र्याटको साथमा आठ रिपब्लिकनले साथ दिएका थिए, जसअनुसार २१६–२१० को मतदानको स्थीति रहे पछि उनी पदमुक्त भएका हुन् ।

उनी पदमुक्त भए पछि सदनले अब नयाँ सभामुख चयन गर्नुपर्नेछ। त्यसका लागि सम्भावित उत्तराधिकारीको लागि दौड अर्को हप्ताको मतदान हुनु अघिसम्म चलिरहने देखिएको छ ।

ह्वाइट हाउसले चाँडै नयाँ स्पिकर चयन गर्न आह्वान गरेको छ । सभामुखले गत  शनिबार सिनेट डेमोक्र्याटसँग सरकारी एजेन्सीहरूलाई कोषको लागि सम्झौता गरेपछि अल्ट्रा–कन्जरभेटिभहरूले विद्रोह गरेका जनाइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ९ : २२ बजे