Logo

विश्व

तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार


१६ आश्विन २०८०, मंगलबार  

23
Shares

काठमाडौं । परमाणु र अणुभित्र इलेक्ट्रोनको अन्वेषण गर्ने उपकरणहरूको अनुसन्धानका लागि तीन वैज्ञानिकलाई यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ ।

फ्रान्सका पिएरे अगोस्टिनी, हङ्गेरी–अस्ट्रियाली फेरेन्क क्राउज र फ्रान्सेली–स्विडिस एनी एलहुइलियरलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो ।

पुरस्कृत वैज्ञानिकहरूले प्रकाशको अत्यन्त सानो पल्सहरू बनाउने तरिकाको प्रदर्शन गरेका छन् जसबाट इलेक्ट्रोन सञ्चालन हुने वा ऊर्जा परिवर्तन हुने तीव्र प्रक्रियाहरू नाप्न प्रयोग गरिन्छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ९ : ४२ बजे