Logo

कर्णाली प्रदेश

एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलावजंग शाहको जित सुनिश्चित



काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाहको जित सुनिश्चित भएको छ । शाहले ५०० मतको परिणाम आउँदा ३१० मत पाएका छन् ।

निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले १६४ मत मात्रै पाएका छन् । १०९ मत गन्न बाँकी रहँदै शाहको मतान्तर १६४ भएकाले जित सुनिश्चित भएको हो ।

अध्यक्षका अर्का उम्मेदवार प्रकाश रोकायाले भने ४ मत मात्रै पाएका छन् । अन्य पदमा पनि शाहकै प्यानलको अग्रता छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ८ : २६ बजे