Logo

Breaking News 1

एमाले कर्णालीको नेतृत्वका लागि आज मतदान, अध्यक्षका उम्मेद्वार पाँचजना



सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको भावी नेतृत्व चयनका लागि मतदान हुँदैछ । निर्वाचन समितिका अनुसार मतदान आज अपरान्ह १२ बजेबाट सुरु हुनेछ ।

निर्वाचन समितिका अनुसार कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृत मातृका खनालका अनुसार अध्यक्षका लागि गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका हुन् ।

आज बिहान ८ बजे उम्मेदवारको अन्तिम नामावली सार्बजनिक गरिनेछ । आज हुने निर्वाचनले एमाले कर्णाली अधिवेशनले पाँचजना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्ने निर्वाचन निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए । कर्णालीका १० जिल्लाका ६०४ प्रतिनिधिहरूले मतदान गरेर नयाँ नेतृत्व चयन गर्नेछन् ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ८ : २६ बजे