Logo

कर्पोरेट

लाभांश पारित गर्न एभरेष्ट बैंकले आहृवान गर्‍यो साधारणसभा



काठमाडौं। एभरेष्ट बैंकले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा आहृवान गरेको छ । बैंकले ३० असोजमा काठमाडौंको लैनचौर व्यांक्वेटमा २९औं वार्षिक साधारणसभा आहृवान गरेको हो ।

बैंकको साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोन सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत गरी १०.५३ प्रतिशत नगद लाभांश पेस गरी पारित हुनेछ । यस्तै सञ्चालक समितिको अध्यक्षको प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात र आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाबसहित सोही अवधिको नगद प्रवाहको विवरण पनि बैंकको साधारणसभाले पारित गर्नेछ ।

यस्तै बैंकको बोनस सेयर जारी पश्चात् पुँजी वृद्धि हुने भएकोले सोही अनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने तथा संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक नियुक्त भएकाहरुको नियुक्ति अनुमोदन गर्ने जस्ता प्रस्ताव बैंकले साधारणसभामा लैजाने भएको छ । बैंकले साधारणसभाको लागि १६ असोजमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ ।

जस अनुसार १५ असोजसम्म कायम सेयरधनीले मात्रै बैंकको लाभांश पाउनेछन् । साथै सोही मितिसम्म कायम सेयरधनी साधारणसभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ४ : १५ बजे