Logo

कर्पोरेट

हिमालयन बैंकका ग्राहकलाई १६० भन्दा बढी स्थानमा विशेष छुट



काठमाडौं। हिमालयन बैंक लिमिटेडले काठमाडौं, पोखरा, चितवन लगायतका १६० भन्दा बढी स्थानहरुमा ग्राहकका लागि विशेष छुटको व्यवस्था गरेको छ ।

देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, ल्याव, डायगोनोस्टिक सेन्टर, गहना गृह, कपडा, चश्मा, घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित समग्री, खेलकुद समग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक, सलुन, ट्राभल एण्ड ट्रेक, एडभेञ्चर टुरिजम लगायत अन्य स्थानहरुमा वस्तु खरिद तथा सेवा शुल्कमा बैंकका ग्राहकहरुले भारी छुट पाउन सक्ने छन् ।

बैंकले सम्बन्धित व्यवसायीसँगकोे सहकार्यमा आफ्ना ग्राहकको सुविधालाई मध्यनजर राख्दै अधिकतम २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । छुट सुविधा प्राप्त गर्न ग्राहकहरुले बिल लिनु भन्दा पहिला नै आफू हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय (डेबिट/क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गरेमा उक्त स्थानहरुबाट निर्धारित छुट पाउने छन् ।

ग्राहकहरुले छुट पाउने स्थान, प्रतिशत तथा समाग्रीहरुको बारेमा विस्तृत जानकारीका लागि हिमालयन बैंककोे अधिकारीक वेभसाइट भिजिट गरेर हेर्न सक्नेछन् ।

हाल यो योजना १६० भन्दा बढी व्यवसायिक संस्थाहरुमा लागु भएको तथा निकट भविष्यमा यस योजना देशभरि २०० वटा थप व्यवसायीमा विस्तार गरी आफ्ना ग्राहकलाई छुट सुविधा प्रदान गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १० : ३८ बजे