काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्कमल दाहालले अतिकम विकसित देशहरूका पक्षमा अन्तर्राष्ट्रिय समुदायले यसअघि गरेको प्रतिबद्धता कार्यान्वयनमा जोड दिए ।
संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा संचालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्वका अति कम विकसित देशहरूको समूहका अध्यक्ष नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्दै कोभिड १९ महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनावजस्ता विश्वव्यापी सङ्कटहरूले अति कम विकसित देशहरूको प्रगतिलाई थप जोखिममा धकेलिरहेको बताए ।
प्रधानमन्त्री दाहालले सन् २०२१ को तुलनामा सन् २०२२ मा अल्पविकसित देशहरूमा विदेशी प्रत्यक्ष लगानीको प्रवाह लगभग ३० प्रतिशतले घटेको उल्लेख गर्दै यसबाट पूर्वाधार, नवीकरणीय ऊर्जा, खानेपानी तथा सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य र शिक्षामा लगानीलाई ठुलो धक्का लागेको तथा बाह्य ऋणले सङ्कटको जोखिम बढाएको बताए ।
प्रतिक्रिया