Logo

समाचार

जलेर सिन्धुलीमा एक बालकको मृत्यु



सिन्धुली। सिन्धुलीको मरिण गाउँपालिका-३ वरुणमा आगोले जलेर एक बालकको ज्यान गएको छ।

स्थानीय दूधराज मुक्तानका छोरा अन्दाजी ३ वर्षका मनिष मुक्तानको घरकै अगेनाको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुले जनाएको छ।

अपांगता भएका बालकलाई भान्साकोठामा झोलुंगोमा सुताएर परिवारका सदस्य खेतमा काम गर्न गएकोमा बालक झोलुंगोबाट झरेर ३ फिट पर रहेको अगेनासम्म पुगेका थिए।

बालकको टाउको र शरीरको पछाडिको भाग जलेको थियो। उनको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा राखिएको छ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ४ : ३२ बजे