Logo

समाचार

महाराजगञ्ज शिक्षण अस्पताललाई चाहियो ५० स्टाफ नर्स


२२ भाद्र २०८०, शुक्रबार  

46
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जले ५० जना स्टाफ नर्स माग गरेको छ । महाराजगञ्ज अन्तरगतको शिक्षण अस्पताल र त्यसका विभिन्न केन्द्रहरुका लागि ५० जना स्टाफ नर्स माग गरेको हो ।

संस्थानले शुक्रबार सूचना जारी गर्दै स्टाफ नर्सको स्थायी पदमा करार सेवामा पदपूर्ति गर्न लागिएको हो । इच्छुक नर्सले आगामी असोज ५ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ९ : १८ बजे