काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन भएको छ । असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
ग्रेडवृद्धि परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुने छ । असोज ९ गते मङ्गलबार अनिवार्य अङ्ग्रेजी ९००४१० र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूले जुनै विषयको परीक्षा दिन पाउने छन् ।
प्रतिक्रिया